उपसभामुखको निर्वाचन माघ ७ मा

पालिका डायरी
६ माघ २०७९, १२:२८
उपसभामुखको निर्वाचन माघ ७ मा

प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन माघ ७ गते हुने भएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उपसभामुखको निर्वाचनबारे जानकारी दिएका हुन्। ज्येष्ठ सदस्य जबराले उपसभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकेका छन्।

यससँगै सचिवालयलाई निर्वाचन सम्बन्धी सूचना आजै जारी गर्न प्रतिनिधि सभा बैठकले निर्देशन दिएको छ। उपसभामुखको निर्वाचनका लागि प्रतिनिधि सभाको बैठक शनिबार अपराह्न १ बजे बोलाइएको छ।

प्रतिक्रिया