सभामुखमा देवराज घिमिरेको उम्मेदवारी; समर्थक रवि, राजेन्द्र र हितराज

पालिका डायरी
४ माघ २०७९
सभामुखमा देवराज घिमिरेको उम्मेदवारी; समर्थक रवि, राजेन्द्र र हितराज

एमाले सांसद् देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर सत्ता गठबन्धनबाट घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्।

सुवास नेम्वाङ प्रस्तावक, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थकमा घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्।

घिमिरे झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। सभामुखको निर्वाचन भोलि हुँदैछ।

प्रतिक्रिया