कौसीमा कस्ता बिरुवा रोप्ने ?

पालिका डायरी
२८ पुष २०७९

कौसीमा विशेष गरी छोटो समयमै फल्ने फलफूल तथा तरकारी रोप्दा उपयुक्त हुन्छ । कौसीलाई हरियाली बनाउने खालको तरकारी रोप्नलाई सल्लाह दिएका हुन्छौँ ।

रायोको साग, गाँजर, मुला, काउली, बन्दा, लौका, खुर्सानी, फर्सी, सिमी, घिरौला, धनियाँ, मेथी, चना, पालुंगो, लसुन रोप्दा राम्रो हुन्छ । कौसीमा गोलभेँडा, बन्दालगायत तरकारी पनि फलाउन सकिन्छ । यसले दैनिक रूपमा तरकारी तथा फलफूल किन्ने पैसा बचत हुन्छ ।

घरबाट निस्कने कुहिने फोहरलाई प्रयोग गर्नुपर्छ । चिल्लो र अमिलो हुने कागतीजस्ता फोहर हाल्नुहुँदैन । माछा–मासु हाल्न हुँदैन । बजारबाट मल किन्न पनि पर्दैन । अहिले सहरी क्षेत्रमा फोहरको व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको छ । त्यस्तो फोहरलाई कौसीमा प्रयोग गरेर तरकारी उत्पादन गर्दा दोहोरो फाइदा हुन्छ ।

प्रतिक्रिया