हेटौंडामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

पालिका डायरी
२५ पुष २०७९
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

हेटौंडा / मकवानपुरको हेटौंडामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका-१७ स्थित कर्रा जोडधारा खोलामा गुरौँ खोला बस्ने १८ वर्षीय अमृत तामाङको गएराति करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि स्थानीयले अस्पताल ल्याएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया