भारतको लखनउमा दुर्घटनामा परि ज्यान गुमाएका तीन नेपालीको परिचय खुल्यो

पालिका डायरी
२५ पुष २०७९
accident

भारतको लखनउमा भएको दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुलेको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि तीन नेपालीको ज्यान गएको हो।

टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउद, ज्योतिनगरका ललित साउद र निर्मला बोहोराको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले जानकारी दिनुभयो । घटनापछि उनीहरुको आफन्तहरु भारत गएका पनि उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म पाएको जानकारी अनुसार दुर्घटनामा बस चालक भारतीय नागरिकको पनि ज्यान गएको छ ।  दुर्घटनामा सात जना नेपाली घाइते भएका खबर आएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया