एमाले मकवानपुरकाे निर्णय : समीक्षा गर्दै संगठन सुदृढ बनाउने

पालिका डायरी
२३ पुष २०७९

निर्वाचनकाे वडासम्म समीक्षा गर्ने पार्टीलाई सदृढ बनाउने नेकपा एमाले जिल्ला कमिटी मकवानपुरकाे नवाैँ बैठकले निर्णय गरेकाे छ ।

बैठकले निर्वाचन परिणामकाे जिल्ला कमिटीले पालिका कमिटी र जनसंगठनकाे जिल्लासम्म र पालिका कमिटीले वडा कमिटी र जनसंगठनकाे पालिका कमिटीकाे बैठक राखि समीक्षा माघ ८ गते सम्म समीक्षा गर्ने नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देलले बताउनु भयाे । बैठकका अधिकाँस अतिथि र सचिवालयका सदस्यहरूले पार्टी संगठन सुदृढ बनाउन कमिटीकाे कामलाई नियमित बनाउने र विशेष अभियान थाल्नु पर्ने सुझाव दिएका थिए । माघ १० गते बस्ने जिल्ला कमिटी बैठकबाट पार्टी र जनसंगठनकाे जिल्लाव्यापी संगठन निर्माण र परिचालनकाे लागि अभियान अगाडि बढाउने साथै स्थानीय तह र जनप्रतिनिधिहरूकाे व्यवस्थित परिचालनमा जाेड दिने निर्णय भएकाे सचिव सिग्देलले बताए ।

बैठकले संघीय र प्रदेशकाे  प्रत्यक्ष र समानुपातिकमा निर्वाचित संसद सदस्यलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अाममतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, मातहत कमिटी, पार्टी कार्यकर्ता र सदस्यलाई धन्यवाद ज्ञापन गरेकाे छ । जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा बसेकाे बैठकमा केन्द्रीय पाेलिटव्यूराे सदस्य पुरूषाेत्तम पाैडेल, केन्द्रीय सदस्यहरू रामेश्वर राना, कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, राष्ट्रियसभा सदस्य रामचन्द्र राईकाे विशेष उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया
received_523643929945634