दोस्रो पुरस्कार पाएको १५ नम्बर पहिलो बन्ने दाउमा धमाधम योजनाको काम गर्दै

पालिका डायरी
२० पुष २०७९
दोस्रो पुरस्कार पाएको १५ नम्बर पहिलो बन्नी दाउमा धमाधम योजना को काम गर्दै

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा मन्दिर र तटबन्दन निर्माण कार्यको शिलान्यास गरिएको छ । रातोमाटे दमार टोलमा महारुद्रेश्वर मन्दिरको मङलबार एक कार्यक्रमको बिच शिलान्यास गरि निर्माण कार्य सुरु गरिएको छ । शिलान्यास हेटौंडा उपमहानगरपालिका –१५ का वडा अध्यक्ष सुनिल मुक्तानले गरेका हुन ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको २० लाख रुपैयाँ लागतमा महारुद्रेश्वर मन्दिर निर्माण सुरु गरिएको अध्यक्ष मुक्तानले जानकारी गराए । यसैगरी रातोमाटेमा तटबन्दनको निर्माणको अध्यक्ष मुक्तानलेनै शिलान्यास गरेका हुनका छन् । वडा कार्यालयको शिलिङमा रहेको कुल ६ लाख रुपैयाँ लागतमा तटवन्धनको काम गर्न लागिएको मुक्तानले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाले पुस १४ गते भएको १२ औं नगरसभाले आर्थिक वर्ष २०७८र०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वडा स्तरीय कार्यक्रम समयमै कार्यकुशलता पुर्बक कार्यान्वयन गर्ने क्रममा १४ र १५ नम्बर वडालाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा वडा नम्बर १४ पहिलो र वडा नम्बर १५ दोस्रो भएको थियो । शिलान्यास कार्यक्रममा आफ्नो छोटो भनाइ राख्दै मुक्तानले भने अब मुल्यांकन हुने कार्यसम्पादनमा पहिलो हुने जानकारी गराए उनले सबै वडाबासिलार्इ आफुले जिम्मा लियको कामलार्इ समयमै सम्पन्न गर्न पनि आग्रह गरे ।

दोस्रो पुरस्कार पाएको १५ नम्बर पहिलो बन्नी दाउमा धमाधम योजना को काम गर्दै

प्रतिक्रिया