प्रेम आले र माया राईद्वारा शपथ ग्रहण

पालिका डायरी
१९ पुष २०७९
प्रेम आले र माया राईद्वारा शपथ ग्रहण

प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आले र माया राईले आज मङ्गलवार पद तथा गाेपनीयताकाे शपथ लिनुभएको छ । आले र राईले आज दिउँसो सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा शपथ लिनुभएको हो ।

गएकाे पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई सहभागी हुनुभएको थिएन । आले पारिवारिक शोकमा र राई अस्पतालमा हुनु भएकाले उहाँहरू त्यस कार्यक्रममा छुट्नुभएको थियो ।

आले र राईलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले शपथ ग्रहण गराउनुभएको हो ।

प्रतिक्रिया