लागूऔषध मुद्दामा निसीखोला गाउँपालिका अध्यक्षलाई साढे तीन वर्ष जेल

पालिका डायरी
१९ पुष २०७९, ११:२४
लागूऔषध मुद्दामा निसीखोला गाउँपालिका अध्यक्षलाई साढे तीन वर्ष जेल

बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध मुद्दामा दोषी ठहर भएका छन् । घर्तीलाई जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले सोमबार साढे तीन वर्ष जेल सजाय सुनाएको छ । उनलाई ५० हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।

२०७७ साल असार १२ गते निसीखोला गाउँपालिका ६ को वडाध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए । गाँजा भण्डारण गरेको आरोपमा लागूऔषध कसुरसम्बन्धी ऐन २०३३ को दफा ४ (क) अनुसार २०७७ भदौ ४ गते उनीविरुद्ध मुद्दा परेको थियो ।

दुई वर्षअघि नै झन्डै तीन महिना पुर्पक्ष बसेपछि उनी धरौटीमा रिहा भएका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको टोलीले उनलाई दुई वर्षअघि गाँजासहित पक्राउ गरेको थियो । मुद्दा विचाराधीन अवस्थामा छँदै घर्तीले गत वैशाखमा नेपाली कांग्रेसको तर्फबाट निसीखोला गाउँपालिकाको अध्यक्ष जितेका थिए ।

प्रतिक्रिया