यातायात कार्यालयको अनुगमनमा पुगे उपप्रधानमन्त्री श्रेष्ठ
उप्रपधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमनमा गएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार बिहान आकस्मिक अनुगमनमा गएका हुन् ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरे पनि सेवाग्राहीले सास्ती भोग्दै आएका छन् । लाइसेन्सका लागि लिखित परीक्षा तथा ‘ट्रायल’ पास गरिसकेका सेवाग्राहीलाई विभागले पालोमा राखिरहेको छ ।
परीक्षा पास गरेको कागजका भरमा कतिपयले वर्ष दिनदेखि सवारीसाधन चलाइरहेका छन् । लाइसेन्स कहिले पाइन्छ भन्ने प्रश्नको जवाफ यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छैन ।
प्रतिक्रिया