हायस दुर्घटनामा एक जनाको मृत्यु, ७ घाइते

पालिका डायरी
१६ पुष २०७९, १४:२९
accident

कैलालीमा हायस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार बिहान जिल्लाको गौरीगंगामा हायस दुर्घटना भएपछि एकको मृत्यु र ७ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिकास्थित वडा नम्बर ६ वनवेहडामा हायस दुर्घटना भएको हो। कञ्चनपुरको महेन्द्रनगरबाट लम्कीतर्फ गैरहेको गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हायस दुर्घटना भएको हो।

दुर्घटनामा लम्की–चुहा नगरपालिका वडा नम्बर १ की ७३ वर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, दुर्घटनाका घाइतेहरुलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

हायस आफैँ अनियन्त्रि भई सडकको नालीमा पल्टिएको बताइएको छ। घाइतेहरू ५ जनाको अवस्था मध्यम र २ जना सामान्य रहेका छन्। घाइतेहरु कंचनपुर वेदकोट नगरपालिका १० का २९ वर्षीय मुकेश राना, भीमदत्त नगरपालिका-३ का ३१ वर्षीय रुद्द बहादुर गुरुङ्ग, कैलालीको जानकी गाउँपालिका ४ का ३७ वर्षीय रामबेलासे रावत र उनकी श्रीमती वर्ष ३५ की अन्जल रावत छन्। ३ जना घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया