प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै ओलीलाई भेट्न बालकोट पुगे रवि

पालिका डायरी
१६ पुष २०७९, १२:४३
प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै ओलीलाई भेट्न बालकोट पुगे रवि

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै लामिछाने ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

ओलीसँगको भेटमा मन्त्रालयको भागबण्डाको विषयमा छलफल भएको बताइन्छ । सात दलीय गठबन्धनमा मन्त्रालयको भागवण्डाबारे सहमति हुन सकेको छैन । शीर्ष नेताहरुले यस विषयमा परामर्श तीव्र पारेका छन् ।

आजै बिहान बालुवाटारमा भएको भेटमा  प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन लामिछानेलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया