एकीकृत समाजवादीकाे स्थायी कमिटी बैठक सुरु

पालिका डायरी
१६ पुष २०७९, १२:३९
एकीकृत समाजवादीकाे स्थायी कमिटी बैठक सुरु

काठमाडाैँ / नेकपा एकीकृत समाजवादीकाे स्थायी कमिटी बैठक सुरु भएकाे छ। बैठक आज(शनिबार) बिहान ११ बजे सुरु हुने भनिए पनि केहीबेर ढिला गरी सुरु भएकाे हाे।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेकाे बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने र चुनावको समीक्षा गरिने बताइएकाे छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका छन्। यस्तो स्थितिमा पार्टीकाे अबको भूमिका के हुने भन्ने बारेमा बैठक केन्द्रित रहने महासचिव बेदुराम भुसालले जानकारी दिए।

सरकारमा सहभागी हुने नहुने र अब पार्टीले चाल्नु पर्ने कदमका बारेमा अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहबाटै सुझाव संकलन गरेका छन् । जिल्ला तहबाट प्राप्त भएको सुझावबारे पनि बैठकमा छलफल हुने भुसालले बताए।

प्रतिक्रिया