चक्कु प्रहार घटना : न्याय नपाएको पीडितको गुनासो

पालिका डायरी
१६ पुष २०७९, ११:५१
हेटौंडा

हेटौंडा /  मंसिर २५ गते दिउँसो ३ बजे हेटौंडा बजारमै १ व्यवसायी माथि खुकुरी प्रहार भयो । खुकुरी प्रहार भएको झण्डै २ हप्तापछि मात्रै प्रहरीले खुकुरी प्रहार गर्नेहरुलाई पक्राउ गर्यो । हेटौंडा उपमहानगरपालिका २ स्थित अर्थ मन्त्रालय अगाडि एक व्यवसायीमाथि चक्कु प्रहार भएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ गर्न लामो समयसम्म आनाकानी गरेको भन्दै विभिन्न सामाजिक सञ्जालहरुमा विरोध भएपछि प्रहरीले उभियुक्तहरुलाई पक्राउ गरेको छ । गत मंसिर २५ गते दिउँसो करिब ३ बजे बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय नजिक प्रहरीकै अगाडि स्थानीय व्यवसायी दानिल न्यौपानेमाथि चक्कु प्रहार भएको थियो ।

ज्यान मार्ने उद्योगमा जाहेरी दिएको केहि दिनपछि मात्रै पक्राउ गरेता पनि आफ्नो ज्यान र परिवारको सुरक्षामा चुनौती थपिएको गुनासो गरेका छन् । शुक्रबार हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै न्यौपानेले चक्कु प्रहार गरेको लामो समयसम्म प्रहरीले पक्राउन नगर्नु, पक्राउ गरेपनि कारवाहीको प्रक्रिया अगाडि नबढाउनुले प्रहरी प्रशासन माथि नै शंका लागेको उनले बताए ।

‘गल्ति मेरो त होइन । तर गल्ति छ भने पनि प्रहरीले छलफल गरोस् । चक्कु प्रहार खाएर घाइते हुने म प्रहरीले बल्लतल्ल आरोपितहरुलाई पक्राउ गर्यो । तर उनीहरुमाथि कारवाही अझै अघि बढाइएको छैन । राजनीतिक दलहरुको संरक्षणले न्याय मरेको छ,’ उनले भने । घटनामा संलग्न मध्येका सुवर्ण लामाले अहिले पनि न्यौपानेलाई खुलेआम आफ्नो फेसबुकमार्फत धम्की दिइरहेकायौपानेले प्रस्तुत समेत गरेका थिए । लामाले फेसबुकमा म्यासेज गर्दै न्यौपानेलाई अब फेरि प्लानिङ गरेर आक्रमण गर्ने धम्की दिएका छन् ।

प्रहरीले आरोपितहरूलाई समयमै पक्राउ नगरेको र घटनामा संलग्न ४ जनामध्ये ३ जनालाई पक्राउ गरेको र १ जना अझै बेपत्ता रहेकोमा पीडित न्यौपाने दुखित छन् । ‘अझै पनि धम्की आउन छोडेको छैन । एकपटकको आक्रमणमा त बाँचे । धम्की अनुसारको पुनः आक्रमण भए ज्यान जोगाउन सक्छु भन्ने लागेको छैन । परिवारहरुमा पनि मानसिक तनाव बढिरहेको छ । पीडित भएर न्यायको ढोका ढकढक्याउन जाँदा पनि न्याय नपाएको भन्दै न्यौपानेले गुनासो गरे ।’

आर्थिक कारोबारले झमेला
यता, ठेक्काको काममा भएको कारोबारबाट सुरु भएको विवाद झगडासम्म पुग्दा कुनै समय मिलेर हिँड्ने गरेको समूहका ३ जना यतिबेला प्रहरी हिरासतमा छन् । ड्यानियल न्यौपाने भनिने सुरज शर्माले आफुमाथि कुटपिट भएको भन्दै ज्यान मार्ने कसुरमा उजुरी दिएपछि आरोपीहरु प्रहरीकहाँ पुगेका थिए । न्यौपानेले आफूलाई फसाउन र विगतको कारोबार ‘डिसमिस’ गराउन मुद्दा लगाएको आरोपीहरुको दाबी छ । अशिम बर्तौला, हेमन्त थापा, सुवर्ण लामा, ड्यानियल न्यौपाने साथी–साथी हुन् । हेटौँडामा उनीहरुबीच पुरानो चिनजान हो । ठेकेपट्टाको काम आउँदा उनिहरु मिलेर गर्थे ।

अमलेखगन्जस्थित आर्मी ब्यारेकभित्र घर निर्माणको काम पाएको डायना कन्स्ट्रक्सनका सन्चालक राजु चौलागाईले स्थानीय टोलीलाई परिचालन गर्ने सोच बनाएर नाताले भतिज पर्ने हेटौँडाका नवराज भट्टलाई भेट्छन् । उनीहरुसँग बर्तौला र न्यौपाने पनि जोडिएपछि काम अघि बढाउने निर्णय हुन्छ । चौलागाईसँग भट्ट नजिक रहेकाले स्थानीय प्रोजेक्टको समन्वय गर्ने जिम्मा उनैलाई दिन्छन् । तर काम सुरु भएपछि ठेकेदार सम्पर्कमा आउन छाडेपछि आवश्यक सामग्रीको अभाव हुन्छ । भट्टको अनुरोधमा बर्तौलाले २० लाख रुपैयाँ खोजेर सामान खरिदमा लगाउँछन् र सोही बराबरको चेक पनि लिन्छन् । बर्तौलाकाअनुसार त्यसपछि पनि न्यौपाने र भट्टले उनले उदारो लिन मिल्ने जति सबै ठाउँबाट सामान उदारो लिन लगाएको आरोपितहरु बताउँछन् । तर पीडित न्यौपाने भने यि सबै कुरामा सत्यता नभएको न्यौपानेको दाबी छ ।

उक्त ठेक्का पाएको घर निर्माणाधिन अवस्थामा छ । सोही ठेक्का पूरा गर्न न्यौपानेले लगभग ९० लाख भन्दा बढि रकम खर्चिसकेको उनी बताउँछन् । उनीसँगै ठेक्कामा साझेदारी गर्न आएका बर्तौलाले लगभग २÷३ लाख मात्रै खर्च गरेको र उनको अन्य खर्च समेत न्यौपानेले गरिदिएको न्यौपाने बताउँछन् । तर दुवै पक्षको कुरा सुन्ने हो भने आर्थिक कारोबारले चक्कु प्रहार गर्ने सम्मको मोड लिएको बुझ्न सकिन्छ ।

 

प्रतिक्रिया
WhatsApp Image 2022-12-31 at 11.44.53