भारतीय समकक्षी मोदीको आमाको निधनप्रति प्रधानमन्त्री प्रचण्ड दुःखी

पालिका डायरी
१५ पुष २०७९
प्रधानमन्त्री भए पछि प्रचण्डले भने– केही गर्ने साथीहरु जुटेका छौँ, मलाई सहज भएको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार एक शोक सन्देशमार्फत प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै उनले दिवंगत हिराबेनको आत्माको चिरशान्तिको कामना पनि गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीकी आमा हिराबेनको आज ९९ वर्षको उमेरमा निधन भएको हो । मोदीले आमाले शानदार शताब्दी उमेर जिएको भन्दै भावुक ट्विट लेखेका छन् ।

प्रतिक्रिया