भारतीय नागरिकको हत्या आरोपमा एक जना पक्राउ

पालिका डायरी
११ पुष २०७९
भारतीय नागरिकको हत्या आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले भारतीय नागरिकको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी हत्याका आरोपी एक जना भारतीय नागरिकलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्लाको सेखवनाका प्रमोद राम रहेका छन् ।

शुक्रवार बाराको महागढीमाई नगरपालिका २ मा  गोली हानी हत्या गरिएका भारतीय नागरिक शिवपुजन राय यादवको हत्यामा उनको संलग्नता पाएपछि जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो । भारतमा हत्या, लुटपाट जस्ता घटनामा रामको सहभागिता रहेको प्रहरीले जनाएको छ । बारामा हत्या गरिएका यादव पनि भारतको कुख्यात अपराधी भएको र नेपालमा लुकीछिपी बसेको अवस्थामा उनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया