प्रचण्ड बालकाेटमा

पालिका डायरी
१० पुष २०७९
प्रचण्ड बालकाेटमा

सरकार गठनबारे छलफल गर्न नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएकाे छ ।

प्रचण्ड सरकार गठनबारे छलफल गर्न पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङसहित ओली निवास बालकाेट पुग्नुभएकाे हाे । अहिले उहाँहरू छलफलमा हुनुहुन्छ ।

आजै बिहान बालुवाटारमा बसेकाे सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि प्रचण्ड बालकाेट पुग्नुभएकाे हाे । नेकपा विभाजनपछि प्रचण्ड पहिलो पटक बालकोट पुग्नुभएकाे हाे ।

अहिले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको बैठक बालकोटमा सुरु भएकाे छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीसँग भेट गर्नुभएकाे थियाे ।

प्रतिक्रिया