एमालेको नेतृत्वमा माओवादी, जसपा र रास्वपासहित बालकोटमा संयुक्त बैठक

पालिका डायरी
१० पुष २०७९
एमालेको नेतृत्वमा माओवादी, जसपा र रास्वपासहित बालकोटमा संयुक्त बैठक

काठमाडौं /  एमालेको नेतृत्वमा बालकोटमा बैठक सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ‌ओली निवासमा बैठक सुरु भएको हो।

बैठकमा ओलीसँगै एमालेबाट महासचिव शंकर पोखरेल, विष्णु रिमाल, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष रवि लामिछाने तथा जनता समाजवादी पार्टीबाट अशोक राईलगायतका नेताहरु बैठकमा सहभागी छन्।

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमाको अन्तिम दिन सरकार गठनका लागि दलहरुबीच बहुमत जुटाउने कसरत चलिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार (प्रधानमन्त्रीको सरकारी निवास)मा भएको छलफलपछि एमाले अध्यक्ष ओली निवास बालुवाटार पुगेका हुन्।

सरकार गठनको लागि आइतबार साँझ समय सकिन लाग्दा निर्णायक बैठक सुरु भएको हो। एमालेबाट महासचिव शंकर पोखरेल, माओवादी महासचिव देव गुरुङ लगायतका नेता पनि बालकोटमा छन्।

प्रतिक्रिया