सरकार गठनबारे देउवा र प्रचण्डको वार्ता आज पनि हुँदै

पालिका डायरी
९ पुष २०७९
संवैधानिक व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्ने देउवा र प्रचण्डको प्रतिबद्धता

काठमाडौं / सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबी’च आज छलफल हुने भएको छ । शुक्रबार भएको छलफल निष्कर्षविहीन बने पछि आज पुनः छलफल हुन लागेको हो ।

स्रोतका अनुसार दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा सहमति हुन सकेको थिएन ।

प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् । तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि (आइतबार) सकिँदै छ ।

प्रतिक्रिया