पहिलोपटक संसद् छिर्दा मकवानपुरे जनताको याद आयो ः दिपक सिंह

पालिका डायरी
८ पुष २०७९, १५:०६
प्रतिनिधिसभा निर्वाचन : पाँचपटक पराजित सिंहलाई यसपटक पत्याउलान् मकवानपुरेले ?

हेटौंडा / राप्रपा केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्वर–१ का नवनिर्वाचित सांसद दिपक बहादुर सिंहले पहिलो पटक संसद छिर्दा मकवानपुर जनताको याद आएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूलाई त्यहाँ पु¥याएका मकवानपुरे जनताको याद आएको बताएका हुन् । उनले आफुलाई विश्वास गरेर पठाएका मकवानपुरे जनताको शिर निहुरने काम नगर्ने शपथ लिएको समेत बताए । सिंहले भने, ‘म पहिलोपटक सांसदको रुपमा शपथ लिदै गर्दा मैैले मकवानपुरे जनतालाई दिएको वचन याद आयो । शपथ लिँदै गर्दा मलाई यहाँसम्म पु¥याएका मकवानपुरे जनताको याद आयो । म मेरो व्यक्तिगत तर्फबाट र पार्टीको तर्फबाट पुनःमकवानपुरे जनतालाई धेरै धरै धन्यवाद दिन चाहन्छु ।

सिंहले आफलेु प्रतिनिधि सभा सदस्यको सपथ लिईसकेपछि इमान्दारितापूर्वक काम गर्ने र जनताको भलो हुने काममा आफ्नो बांकी जिवनको पुरै शक्ति लगाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया
dipak_प्रतिनिधिसभा निर्वाचन : पाँचपटक पराजित सिंहलाई यसपटक पत्याउलान् मकवानपुरेले ?