युवा ब्यावसायी प्रभाकरले गरे टोलवासिलाई चल्ला बितरण

पालिका डायरी
७ पुष २०७९
युवा ब्यावसायी प्रभाकरले गरे टोलवासिलाई चल्ला बितरण

हेटौंडा / हेटौंडा–११ का युवा व्यवसायी प्रभाकर पुडासैनी (प्रभु( ले कुखुराको चल्ला वितरण गरेका छन् ।

पोल्ट्री सप्लायर्सका प्रोपाइटर समेत रहेका पुडासैनीले हेटौंडा–११, सिमलटार नजिकै खेल मैदान रहेको टोलका स्थानीयलाई लेस कुखुराको चल्ला वितरण गरेका हुन् । उनले त्यहा रहेको २५ घरधुरीलाई प्रतिपरिवार १० वटाको दरले चल्ला वितरण गरेका हुन् ।

उनले त्यस क्षेत्रमा कुखुरा पालनको सम्भावना राम्रो रहेको र आर्थिकरुपमा स्थानीयलाई सक्षम र व्यावसायिक बनाउन प्रेरित गर्नको लागि हौसला स्वरुप आफुले सानो सहयोग गरेर स्थानियलाइ कुखुरा पालनमा अभिप्रेरित गराउन खोजेको बताए । उनले आगामी दिनमा पनि यस्ता किसिमको सहयोग जारी राख्दै गाउँटोलका स्थानियलाई ब्यवसायतर्फ उन्मुख गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया