माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

पालिका डायरी
७ पुष २०७९, १६:५२
file photo file photo

काठमाडौं / नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार अपराह्न बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।

माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए। बैठकले सङ्घीय सांसदबाट मासिक १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ। केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया