करोडौँ ठगी गर्ने गिरोह प्रहरी नियन्त्रणमा

पालिका डायरी
२५ मंसिर २०७९, १२:३४

उपत्यकामा ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ । काठमाडौं प्रहरीको विशेष टोलिले ठगी गर्ने गिरोहका ८ जनालाई पक्राउ गरेको हो ।

उनीहरूले गिरोह नै बनाएर योजनाबद्ध रूपमा ठगी गर्ने गरेको खुलेको छ । काठमाडौं प्रहरी स्रोतका अनुसार उनीहरूले विभिन्न व्यक्तिबाट करोडौँ रकम ठगी गरेको खुलेको छ ।

पक्राउ परेकाहरूलाई आज २ बजे प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । उनीहरूलाई प्रहरीले उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
pakrau-crime-hatkadi-RT