कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको ज्यान गयो
काठमाण्डौको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको ज्यान गएको छ ।
कीर्तिपुर नगरपालिका वडा नम्बर–६ चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको बसले ठक्कर दिँदा बझाङको जयपृथ्वीबहादुर नगरपालिका–५ घर भएका २९ वर्षीय सुवासचन्द्र रतलाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।
ना १ क १६६२ नम्बरको बसले मोटरसाइकलमा रहेका रतलालाई ठक्कर दिएर घाइते बनाएको थियो । उहाँको उपचारका क्रममा बयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । रतला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत हुनुहुन्थ्यो ।
प्रतिक्रिया