एमालेले आज समानुपातिक सांसद्काे टुङ्गाे लगाउने
![](https://www.palikadiary.com/wp-content/uploads/2022/12/CPN-UML-New-Office-8-992x568.jpg)
नेकपा एमालेले शनिबार समानुपातिक सांसद्काे टुङ्गाे लगाउने भएकाे छ।
आज बिहान ११ बजे पार्टीकाे केन्द्रीय कार्यालयमा बस्ने बैठकले मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत समानुपातिक तर्फका सांसद चयन गर्ने तयारी रहेकाे नेता विष्णु रिजालले जानकारी दिए। बैठक हिजाे शुक्रबारका लागि बाेलाइएकाे थियाे। तर,तयारी नपुगेको भन्दै स्थगित गरी शनिबारका लागि सारिएकाे थियो।
एमालेले प्रतिनिधि सभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ। त्यस्तै, प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ७ सिट पाएको छ।
कुल सदर मतमध्ये एमालेले ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरेको छ।
![](https://www.palikadiary.com/wp-content/uploads/2025/01/jado-suchana-kailash_page-0001-scaled-copy.jpg)
प्रतिक्रिया