दाहालको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

पालिका डायरी
२१ मंसिर २०७९
दाहालको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्च विवरण पेस गरेका छन् । निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।

प्रतिनिधिसभा गोरखा–२ बाट विजयी बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयीको प्रमाणपत्र ग्रहण गर्दै ।
दाहालको उम्मेदवार प्रतिनिधि भगवती भट्ट तिवारीमार्फत निर्वाचन खर्च विवरण पेस भएको जिल्ला निर्वाचन कार्यालयका गोरखामा प्रमुख टेकबहादुर कोइरालाले जानकारी दिए । सवारी साधन, प्रचार सामग्री, प्रचारप्रसार, प्रतिनिधि परिचालनमा उक्त रकम खर्च भएको दाहालले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख छ ।

मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । दाहालले मंसिर १५ गते नै खर्च विवरण पेस गरेका हुन् । गोरखा–२ को मतदाता संख्या, क्षेत्रफल, र मतदान केन्द्रको आधारमा प्रतिनिधिसभा तर्फ २९ लाखसम्म खर्चको हद तोकिएको थियो । गोरखामा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएकामध्ये ४९ मध्ये १९ जनाले बुधबारसम्म खर्च विवरण बुझाएका छन् ।

प्रतिक्रिया