गंगालाल अस्पतालमा भयो २० हजार मुटुको शल्यक्रिया
काठमाडौंमा रहेको शहीद गंगालाल हृदय केन्द्रले २० हजार व्यक्तिको मुटुको शल्यक्रिया सम्पन्न गरेको छ ।
२० हजार मुटुको शल्यक्रिया गरिएको अवसरमा सोमवार अस्पतालमा एक समारोहबीच केक काटिएको छ । मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले केक काटेको तस्वीर सार्वजनिक गर्दै २० हजारको शल्यक्रिया सम्पन्न भएको लेखेका छन् ।
डा. भगवान कोइरालाले मुटुको शल्यक्रियाको शुरुवात गरेका थिए । गंगालालमा मुटुको शल्यक्रिया शुरु गरेपछि नेपालीहरू मुटुको उपचारका लागि विदेश जाने क्रम रोकिएको छ । डा. अरुण शायमीको अध्यक्षताामा सन् १९९५ मा गंगालाल अस्पतालको स्थापना भएको थियो ।
प्रतिक्रिया