वैशाखी टेकेर मतदानस्थल पुगेका मतदाता भन्छन्— मेराे एक भाेटले देशलाई समृद्ध बनाउँछ, खुट्टा दुखेकाे बिर्सिएर मतदान गर्नेछु
हेटौंडा / देशभर आज प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा हालसम्म छिटपुट घटनाबाहेक शान्तिपूर्ण देखिन्छ ।
मतदानका लागि बिहानैदेखि अन्य मानिसहरु सँगै बृद्धबृद्धा, अपागंता भएका व्यक्तिहरुको पनि उत्तिकै उत्साहपूर्ण सहभागिता रहेको छ । मकवानपुरको क्षेत्र नम्बर १ मा रहेको हेटौंडा ४ को भुटनदेवी मावि मतदान केन्द्रका मतदान गर्न आएका ६८ बर्षिय शिबप्रसाद न्यौपाने वैशाको सहारामा आइपुगे । केही वर्षअघि दुर्घटनामा परेर अपाङ्गता भएका न्यौपानेलाई आफ्नो गोडाको दुखाइ भन्दा मताधिकार प्रयोग गर्न पाउनुमा गर्व लागेको बताउँछन् ।
‘मेरो एक मतले देशलाई समृद्धमा लान सहयोग गर्छ । गोडा सुन्निएर दुखेको छ । तर यो दुखाई भुलेर मतदान गर्नेछु,’ उनले भने ।
प्रतिक्रिया


