ब्राउन सुगर सहित हेटौँडाको सानोपोखराबाट ३ जना पक्राउ

पालिका डायरी
१५ कार्तिक २०७९, १६:०३
१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

हेटौंडा / हेटौंडाको सानोपोखारा लागुऔषध खैरो हिरोइन सहित तीन युवक पकाउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ बाट १ ग्राम ४६० मिलिग्राम खैरो हिरोईन सहित ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँका क्रममा ना ४८ प ९००५ नम्बरको मोटरसाइललाई रोकी जाँच गर्दा गर्दा १ ग्राम ४६० मिलि ग्राम खैरो हेरोईन र सानो डिजिटल तराजु १ थान सहित हेटौंडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौंडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय बिकाश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया