विश्वकै ठूलो ड्रोन निर्माता कम्पनी डीजेआई अमेरिकाको कालोसूचीमा

पालिका डायरी
२५ आश्विन २०७९, १३:१४
विश्वकै ठूलो ड्रोन निर्माता कम्पनी डीजेआई अमेरिकाको कालोसूचीमा

विश्वको ठूलो ड्रोन निर्माता कम्पनी डीजेआईलाई अमेरिकाले कालाेसूचीमा राखेकाे छ । चिनियाँ सेनासँग सम्बन्ध बढाएकाे भन्दै अमेरिकाकाे रक्षा विभागले डीजेआईलाई कालाेसूचीमा राखेकाे हाे ।

गत हप्ता विभागले डीजेआई बाहेक थप १३ कम्पनीलाई कालाेसूचीमा राखेकाे छ । यससँगै अमेरिकाकाे कालाेसूचीमा पर्ने चिनीयाँ कम्पनीहरु ६० भन्दा बढी पुगेका छन्, जसमा सेमिकन्डक्टर उत्पादन गर्ने कम्पनी एसएमआईसी, प्रविधि कम्पनी ह्यावे टेक्नाेलाेजीजस्ता ठूला कम्पनीहरु पनि छन् ।

यसैबीच डीजेआईका प्रवक्ता एडम लिसबर्गले आफूहरु कालाेसूचीमा पर्ने कुनै कारण नभएकाे प्रतिक्रिया दिएका छन् । साथै सैन्य उद्देश्यका लागि आफ्नो विमान प्रयोग गर्न निरुत्साहित गर्ने एकमात्र ड्रोन निर्माता डीजेआई रहेकाे पनि उनले दाबी गरेका छन् । चीनकाे शेन्जेन शहरमा आधारित डीजेआई टेक्नोलोजीले विश्वमा ७६ प्रतिशत ड्राेनकाे बजार हिस्सा ओगट्ने गर्दछ ।

यसले सार्वजनिक सुरक्षा, पूर्वाधार, पावर लाइन निरीक्षण, कृषि, र अन्य प्रयोगहरूको लागि ड्रोनहरू बेच्‍ने गर्दछ । यसैबीच चीनले अमेरिकालाई अन्य राष्ट्रहरूको विकासमा बाधा पुर्‍याउन वैज्ञानिक र प्राविधिक उपलब्धिहरू प्रयोग नगर्न चेतावनी दिएको छ ।

प्रतिक्रिया