ह्दयन्द्रलाई राजा बनाउने रवीन्द्र मिश्रको चाहना, लेखे ‘गद्दी आसनको शुभकामना’

पालिका डायरी
१४ श्रावण २०७९, १४:२८
ह्दयन्द्रलाई राजा बनाउने रवीन्द्र मिश्रको चाहना, लेखे 'गद्दी आसनको शुभकामना'

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पूर्व युवराज पारस शाहका छोरा हृदयेन्द्रलाई गद्दी आसनको शुभकामना दिएका छन्। उनले ह्रदयन्द्रको २१ औँ जन्मदिनमा शुभकामना दिँदै उनलाई एक दिन राजाको रूपमा देख्न चाहेको उल्लेख गरेका छन्।

गणतन्त्र कि राजतन्त्र भन्ने बहस चर्किएको बेला नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्र शाहलाई गद्दीबाट हटाउने, पारस शाहलाई जनताले राजा स्वीकार नगर्ने भन्दै बेबी किङको रूपमा ह्रदयन्द्रलाई राजा बनाउने विचार राखे पनि त्यसले सहमतिको रूप लिन सकेन।

पछिल्लो समय हिमानी ट्रस्टमार्फत हिमानी शाह लगायतका दरबार निकटहरूले ह्दयन्द्रलाई सार्वजनिक कार्यक्रमहरूमा ब्रान्डिङको प्रयास भइरहेको बेला मिश्र समेत उनको पक्षमा उभिएका छन्।

उनले फेसबुकमामा राखेको शुभकामना सन्देशमा खोपामा भए पनि राजसंस्था राख्न आग्रह गर्दै लेखेका छन्’ बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलो चाँडो नराम्रो सङ्कटमा फस्छ-फस्छ। त्यसैले, सङ्कटका बेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ सांसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ।

उनको शुभकामना

२१ औँ जन्मदिनमा सुस्वास्थ्य, दीर्घायु, देशभक्ति, असल चरित्र र भावी गद्दी-आसनको हार्दिक मङ्गलमय शुभकामना!

२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्‍याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलो चाँडो नराम्रो सङ्कटमा फस्छ-फस्छ। त्यसैले, सङ्कटका बेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ सांसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ।

म यहाँलाई एक दिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना!

सांसदले बाँधेको भनेको कस्तो?

एउटा सानो उदाहरण: सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्बी भएका कारण गर्भपतन सम्बन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्। त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरी सामान्य नागरिक बनायो। र, सांसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसीन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्।

प्रतिक्रिया