प्रविधिको सही प्रयोग गरेर टेक्नोलोजीको अध्यन गरि समाज परिवर्तनमा लागौं : उपाध्यक्ष पाण्डे

पालिका डायरी
७ श्रावण २०७९, २१:५१

हेटौंडा / “दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अवसरबादलाई पररास्त गरौँ जनताको बहुदलीय जनबादको मार्गदर्शनमा समाजबादको आधार निर्माण गरौँ ”  भन्ने मुल नाराको साथ नेपाल कम्युनिस्ट पार्टी एमाले मकवानपुर जिल्ला स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम आज पार्टी केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा हेटौंडामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले स्थानिय निर्वाचनको सुस्म समिक्षा गरेर अब हामी पार्टी निर्माणमा लाग्न पर्छ भन्दै पाटी निर्माणमा लाग्न कार्यकर्तालाई अनुरोध गरे । नेकपा एमाले केन्द्रिय सदस्य तथा बागमती प्रदेश इन्चार्ज कासीनाथ अधिकारीले डेढ महिनाको विशेष कार्यक्रम सन्चालन गरेर पार्टी सङ्गठन निर्माण गर्न कार्यकर्तालाई अनुरोध गरे उनले सङ्गठन निर्माणमा जुझारुको साथ लाग्न पनि आग्रह गरे । जनताको बहुदलीय जनबाद्को मार्गदर्शनमा आएकोले जबज लाइ अङ्गालेर हामिले हाम्रो पार्टी  निर्माण गर्न कार्यकर्तालाइ निर्दिष्ट गरे उनले हामि कम्युनिस्ट पार्टीको सदस्य भएकोले आत्म आलोचित भएर सत्यलाई सत्य र गलतलाई गलतनै भनेर काम गर्न पनि अनुरोध गरे अधिकारीले सामाजिक संजालमा पार्टीलाई फाइदा हुने कुरामा मात्र लाइक सियर कमेन्ट गर्न कार्यकर्तालाइ आग्रह गरे ।

नेकपा एमाले केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथी सुरेन्द्र पाण्डेले अब हामी प्रबिधिको सहि प्रयोग गरेर जनतामाझ् जान आग्रह गरे । उनले हाम्रो समाजमा सबै खाले काम ईन्टरनेटको प्रयोगबाट हुने हुदा यस्तो प्रविधिको सहि सदुपयोग गर्न पनि कार्यकर्तालाई अनुरोध गरे पाण्डेले अब नमस्कार गरेको भरमा मात्र जनताले उम्मेदवार  नचिन्ने र भोट नहाल्ने कुरा प्रष्ट पार्दै सहि तरिकाले सहि प्रविधिको प्रयोग गरेर हामी जनतामाझ जान पनि निर्देशन दिए । हामी समाज परिबर्तनमा निरन्तर लागेको मान्छे भएकोले टेक्नोलोजीको बारेमा अध्यन गरेर समाज परिवर्तनको दिशातिर उन्मुख गराउन पनि आग्रह गरे उनले अझ विशेषगरि जनप्रतिनिधिले यस्मा ध्यान दिन पनि अनुरोध गरे पुर्ब मन्त्री सम्म रहेका पाण्डेले मकवानपुरका कार्यकर्तालाइ सम्बोधन गर्दै जनतालाई प्रयोग मात्र गर्ने हैन परिणाम देखिने गरि काम गर्न पनि अनुरोध गरे । हामि जनता माझ जादा हरेक नया योजनाका साथ जान पनि आग्रह गरे उनले हामी कुरा मात्र गरेर बस्ने हैन थोरै बोल्नी धेरै काम गर्नी बानी बसाल्न पनि कार्यकर्तालाई निर्देसन दिए ।

उनले मकवानपुररे कार्यकर्तालाई स्कुल परिबर्तन गरेर जनतालाई परिणाममुखी काम गरि गाउँ टोल समाज परिवर्तन गरेर देखाउन हामी नेकपा एमालेले मात्र सक्छ भन्दै कुरो हैन काम गरेर देखाउन आग्रह गरे पाण्डेले रास्ट्रघाती यम सि सि जस्तो घातक सम्झौता नेपाली काङ्ग्रेस लगाएत गठबन्धनका दलले गरेको हुदा अब जनताले कुनै पनि हालतमा गठबन्धनलाई स्वीकार गर्न नसक्ने पनि बताए उनले अहिलेको सरकार जनताको अतिआवश्यक जस्तो गाँस बास कपासको विषयमा जिम्मेवार नभएको जिकिर गरे उनले बिकास निर्माण लगाएत पुर्बाआधार निर्माणको काम बर्तमान सरकारले नगरेको बताए । उनले उध्योग संचालन र प्रयटन ब्यवसायमा सरकारले ध्यान नदिदा वेरोजगार समस्या देखापरेको पनि प्रष्ट पारे पाण्डेले अहिलेको सरकार जनता प्रती कतिपनी जिम्मेवार नभएकोले यहि सन्देश बोकेर पार्टीको तल्लो कमिटी सम्म जान कर्याकर्तालाई आग्रह गरे ।

पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रमम नेकपा एमाले बागमती प्रदेस कमिटी उपसचिव महेस बर्तौला प्रदेश कमिटिको सदस्यहरु पार्टी जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठ लगाएत जिल्ला कमिटिको सदस्य सबै जनबर्गिय सङ्गठनको पदाधिकारी पालिका कमिटिको अध्यक्ष लगाएत पदाधिकारी वडा कमिटिको पदाधिकारी निर्वाचित जनप्रतिनिधि लगाएको उपस्थिथी रहेको थियो

प्रतिक्रिया