हेटौंडामा नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशन सुरु, उम्मेदवारी शुल्क कुन पदमा कति ?

पालिका डायरी
६ श्रावण २०७९, १२:५८
हेटौंडामा नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशन सुरु, उम्मेदवारी शुल्क कुन पदमा कति ?

हेटौंडा / नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु भएको छ ।

देशभरबाट १६ सय प्रतिनिधि सहभागी रहेको महाधिवेशनको उद्घाट्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन् ।

महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, धनराज गुरुङ, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, विश्वप्रकाश शर्मा लगाएतको आतिथ्यता रहेको छ ।

नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनको यो महाधिवेशनबाट करिब आठ वर्षपछि नयाँ नेतृत्व चयन हुन लागेको हो। प्रेस युनियनको महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानल बनाएर उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन्। प्रेस युनियन निर्वाचन समितिले शु्ल्क निर्धारण गरेको छ। समितिले तोकेको शुल्कअनुसार अध्यक्षमा उम्मेदवारी दिँदा ३० हजार दस्तुर बुझाउनुपर्नेछ।

निर्वाचिन समिति संयोजक एगराज पोखरेलका अनुसार वरिष्ठ उपाध्यले २५ हजार,  उपाध्यक्षले २०, महासचिवले २५ हजार, उपमहासचिवले २० हजार, सचिवले २० हजार, कोषाध्यक्षले २० हजार, केन्द्रीय सदस्यले १५ हजार, केन्द्रीय लेखा समिति संयोजकले २० हजार र केन्द्रीय लेखा समिति सदस्य उम्मेदवारले मनोनयन दस्तुर बुझाउनुपर्नेछ।

प्रतिक्रिया
deuba hetauda