श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धनाले लिए शपथ

पालिका डायरी
६ श्रावण २०७९, १२:२७
श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धनाले लिए शपथ

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त भएका छन्। राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष नवनियुक्त प्रधानमन्त्री गुणवर्द्धनाले केही समयअघि शपथ लिएको डेली मिररले उल्लेख गरेको छ।

राष्ट्रपतिय निर्वाचनमा विक्रमासिङ्घेका प्रस्तावक गुणवर्द्धना थिए। उनैलाई विक्रमासिङ्घेले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। युनाइटेड नेशनल पार्टीका नेता हुन्।

विक्रमासिंघेले श्रीलंकाका राष्ट्रपतिका रुपमा गएराति सपथ लिएका थिए। आलोचना र सडकमा जारी विरोध प्रदर्शनबिच राष्ट्रपतिको कार्यभार सम्हालेका रनिलले देशमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्।

रनिलको निर्देशनसँगै सरकारविरोधी प्रदर्शन भइरहेको स्थलहरुमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। राष्ट्रपति भवन कब्जामा लिएका प्रदर्शनकारी हटाउन ठूलो संख्यामा प्रहरी र सेना तैनाथ गरिएको छ। प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जामा लिनुअघि राष्ट्रपति गोताबाय राजपाक्षे भाग्न सफल भएका थिए। विदेश पुगेका उनले राजीनामा दिएपछि रनिल राष्ट्रपति बनेका हुन्।

प्रतिक्रिया