हेटौँडा क्याम्पस :विद्यार्थीमाथि अनैतिक कार्य गर्ने दुईजना कार्यालय सहयोगिलाई निलम्बन

पालिका डायरी
४ श्रावण २०७९

हेटौँडा /  परिक्षा दिन पुगेका दुई छात्राको भित्रि बस्त्र समेत खोल्न लगाएर जाँच गर्ने हेटौँडा क्याम्पसका दुईजना कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ ।

हेटौँडा क्याम्पसमा बसेको सर्वपक्षिय बैठकले ४ बुँदे सहमति गर्दै दुई कर्मचारीलाई अब कुनैपनि परिक्षामा सहभागि हुन नपाउनेगरि निलम्बन गर्ने सहमति गरेको हो । चार बुँदे सहमतिमा अब हुने परिक्षालाई भयरहित बनाउने, क्याम्पसको पठकपाठन शान्तिपूर्वक सञ्चालन गर्ने तथा परिक्षा दिन आएका विद्यार्थीहरुलाई विभिन्न समयमा अभद्र ब्यवहार भएको भन्ने गुनासोको सबालमा ३ दिन भित्र प्रतिवेदन सार्वजनिक गरि दोषिलाई कारबाहीको सिफारिष गर्न छानविन समिति निर्माण गर्ने सहमति भएको हो ।

असार ३ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको हेटौँडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको परिक्षा दिन पुगेका दुई जना छात्रामाथि ‘चिट’ लुकाएको भन्दै क्याम्पसका कर्मचारीले भित्रि बस्त्र समेत खोल्न लगाएकाmे पीडित विद्यार्थीले आफु महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएर अभद्र ब्यवहार गरेको घटना सार्वजनिक भएपछि आज बिहानैबाट क्याम्पसमा तनाव भएको थियो ।
विद्यार्थीहरुले दोषिलाई कारबाहीको माग गर्दै क्याम्पसमा तालाबन्दी गर्नुको साथै तोडफोड गरेपछि क्याम्पस प्रशासनले अविभावक सहित विद्यार्थी संगठनको प्रतिनिधिहरुको सर्वपक्षिय बैठक बोलाएर सहमती गरेको हो ।

प्रतिक्रिया
294226444_577768087307971_4437778554644269377_n