पूर्व अर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने संसदीय छानबिन समितिको तयारी

पालिका डायरी
४ श्रावण २०७९, १२:१२
चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएकाे छ : अर्थ मन्त्री शर्मा

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएकोबारे छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ ।

संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ । आज संसद बैठक पनि भएकाले भ्याएमा आज, नभ्याएमा भोलिको बैठकमा शर्मालाई बोलाएर सोधपुछ गरिने समितिले जनाएको छ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ । यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । लगत्तै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

यस्तै समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्नका लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ । समितिले बजेट निर्माण सहयोगी भूमिका खेल्ने मन्त्रालयका सामान्य कर्मचारीदेखि जेठ १३ र १४ गते मन्त्रालयमा खटिने सुरक्षाकर्मीलाई समेत सोधपुछ गरिसकेको छ ।

प्रतिक्रिया