पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको ज्यान गयाे

पालिका डायरी
३ श्रावण २०७९, १४:०८
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

दैलेखमा पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको ज्यान गएको छ ।

दुल्लु नगरपालिका वडा नम्बर ३ कर्णाली नदीको छेउमा सिँचाइका लागि जम्मा गरेको ट्याङ्कीमा डुबेर त्यही ठाउँका १२ वर्षका दिनेश महत र बहिनी ९ वर्षकी मनिता महतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिनुभयो ।

बुबाआमा खेतमा काम गरिरहेका बेला हिजो बेलुका उनीहरु डुबेका शाहले बताउनुभयो । गर्मी भएर पौडी खेल्न गएका बेला डुबेको हुनसक्ने प्रहरीको अनुमान छ । मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि दुल्लु लगिएको छ ।

प्रतिक्रिया