कुहिने र नकुहिने फोहोर छुट्टाउन महानगरले थालेको अभियानलाई सघाउन गगनको आग्रह

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिकाले थालेको कुहिने र नकुहिने फोहोर छुट्टाउने अभियानलाई सघाउन आग्रह गरेका छन्।
सांसद् समेत रहेका थापाले घरबाटै फोहरको स्रोतलाई वर्गीकरण गरी छुट्टाउन महानगरले गरेको आग्रहले फोहोर व्यस्थापनमा अहम् भूमिका खेल्ने विश्वास लिएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै यस अभियानलाई सफल पारी काठमाडौँलाई फोहरमुक्त काठमाडौँ बनाउन आग्रह गरेका हुन्।
काठमाडौँ महानगरमा आजदेखि फोहोर वर्गीकरण गरेर मात्र संकलन गरिने बताएको छ।
अबदेखि आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने महानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया