माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि भारत जाँदै

पालिका डायरी
३० असार २०७९, ११:२३
भरतपुर महानगरकाे मेयरमा हाम्राे दाबी छ : प्रचण्ड file photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने हुनुभएको छ ।

भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उहाँ भोलि दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भारत भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्ने भनिए पनि त्यसबारे केही जानकारी सार्वजनिक गरिएको छैन । प्रचण्ड साउन १ गते स्वदेश फर्किने तयारी छ ।

अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ आरजु राणा पनि भारतमा नै हुनुहुन्छ ।

प्रतिक्रिया