के राजनीतिक प्रतिसोधकै कारण नबनेको होत यो बाटो ? यस्तो छ अबस्था

पालिका डायरी
१७ असार २०७९, १६:२५
के राजनीतिक प्रतिसोधकै कारण नबनेको होत यो ? बाटो यस्तो छ अबस्था

राम कुमार दानी

हेटौंडा /  बागमती प्रदेशको राजधानी हेटौंडा बाट काठमाडौं जोड्ने सबै भन्दा छोटो मार्गको रुपमा रहेको भीमफेदी कुलेखानी सिस्नेरी मोटर बाटो लगातार बर्षाको कारण अस्त बेस्त छ । यो बाटो भएर दैनिक १५ सय देखि २ हजार सम्म सानो ठूलो सवारी आवत जावत गर्दछ तर अहिले सवारी साधनलाई आवत जावत गर्न निकै कठिन भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका भएर कुलेखानी दक्षिणकाली हुँदै काठमाडौं जाने यो बाटो सबै भन्दा छोटो बाटो हो तर छोटो बाटो हुदा हुँदै पनि अहिले यो बाटो राजनितिक सिकार बन्न पुगेको पाहिएको छ । यो बाटो राम्रो बनाउन पर्छ भन्ने ध्यान बागमती प्रदेश सरकारलार्इ नहुदा जोखिम यात्रा गर्न बाध्य भएको छ । बाटो त बनाएन बनाएन भीमफेदी गाउँपालिकाको खहरे खोलामा रहेको काठे पुल अतिनै जिर्ण अवस्थामा पुग्दा पनि त्यो पुल बनाउने ध्यान कसैको भएको छैन । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे हप्तै बिच्छे त्यही पुल भएर हेटौंडा काठमाडौं ओहोरदोहोर गर्छन तर भाचिन लागेको त्यो पुल उनी देख्दैनन् बिगत छ महिना देखि अतिनै जिर्ण रहेको त्यै पुल हुँदै काठमाडौं हेटौंडा आवत जावत गर्न बाध्य छन बनाउने ध्यान कसैको भएन नत स्थानिय सरकारको छ नत प्रदेश सरकार को

सडक बिभागको एक दुई जना काम गर्नेहरु तेस क्षेत्रमा देखिन्छ तर त्यो अतिनै जिर्ण अवस्थाको त्यो पुललार्इ मर्मत गर्छन् थाहा छैन पुलको अबस्था हेर्दा कुन दिन गाडी पुल मुनि पुग्नीहो थाहा छैन । यदि त्यो पुल भएर हिड्ने सवारी साधनलार्इ अर्को डाइभर्सन को ब्यबस्ता नगर्ने हो भने ठूलो दुर्घटना हुने खत्रा देखिन्छ ।

बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले काठमाडौं बाट बागमती प्रदेशको राजधानि हेटौंडा आउने यो मार्गलाइ प्रदेशको गौरवको आयोजना बनाएर भीमफेदी देखि कुलेखानी सम्मको १२ किलो मिटर सडक ७ मिटर चौडा गरेर पिच पनि भैसकेको छ । पौडेलले हेटौंडा काठमाडौंको सबै भन्दा छोटो बाटो भएको कारण प्रदेश सरकारले यस्मा महत्वपुर्ण ध्यान दिन पर्नी बताउदै आएका छ्न तर बागमती प्रदेशको बर्तमाण मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले भने डोरमणी पौडेलको पालामा सुरु गरियको योजनालार्इ खासै चासो देखाएको पाहिदैन डोरमणी पौडेलको पालामा टेन्डर गरेर काम सुरु गरियको भैसे भीमफेदी सडक खण्ड अहिले अलपत्र अबस्थामा छ बागमती प्रदेश सरकारले त्यो बाटो प्रती खासै चासो नराखेको स्थानियहरुको आरोप छ हिउद भरित खोलै खोला भए पनि हिडेर यात्रा गरिन्थ्यो तर अहिले खोलाको बाटो बन्द भए पछि धेरै जोखिम मोलेर हिड्न बाध्य छौँ त्यही बाटो भएर हिड्ने एक जना सुमो चालकले भने ।

सरकारले बेलैमा ध्यान नदिदा आज कुन दिन के हुने हो थाहा छैन भैसे देखि भीमफेदी सम्मको प्राय सबै ठाउँमा खतरा देखिन्छ झन यो बर्षाको समयमा कुन दिन कस्तो क्षेती हुनि हो के देख्न पर्नी हो भन्दै गोल्पिङ्गको एकजन बृद्द्ले दुखेसो पोखे यता बागमती प्रदेश सरकार भने ठुला योजना काटेर कार्यकर्ता मैत्री पाँच पाँच लाखको टुक्रे योजना सन्चालन गरेर यस्तो महत्वपूर्ण योजनाको कुनै चासो गरेको देखिन्न बागमती प्रदेशको मुख्यमन्त्री भएको केही समयमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले म हरेक निर्माण कम्पनिका ठेकेदारलाइ मन्त्रालएमा हैन सम्बन्धित निर्माण स्थलमा बोलाएर छलफल गर्छु भनेका थिय तर आजसम्म त्यो काम उहाँले गर्न सकेनन् गरेको भए भैसे भीमफेदी खन्डको सडक त्यो हालतमा हुनेथिएन होला यदि यसरिनै राजनैतिक प्रतिसोधको कारण यस्ता महत्त्वपूर्ण योजनाको कार्यन्वयन तथा अनुगमन समयमा नगर्दा आ आफ्नो जिम्मेवारी बिर्सिदा आज दैनिक लाखौ मान्छे जोखिम मोलेर हिड्न बाध्य छ्न् ।

प्रतिक्रिया