कैलालीमा तीन दिनदेखि बेपत्ता भएका बालक मृत फेला

कैलालीमा तीन दिनदेखि नदिमा बेपत्ता बालक मृत अवस्थामा फेला परेका छन्।
असार १५ गते बुधबार गोकन्द्री खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका-१९ का ११ वर्षीय निखिल विक शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी बेपत्ता भएको ठाउँबाट करिब ८ सय मिटर टाढा भेटिएका छन्।
घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया