काभ्रेमा बस दुर्घटना(अपडेट): १ को मृत्यु, ४३ घाइते

पालिका डायरी
१६ असार २०७९, २०:४४
काभ्रेमा बस दुर्घटना(अपडेट): १ को मृत्यु, ४३ घाइते

बनेपा १० स्थित अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका कर्मचारी बोकेको बस सडकको डिलबाट खस्दा १ जनाको मृत्यु भएको छ, ४३ जना घाइते भएका छन् ।

५२ बर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

कर्मचारी बोकेर निस्केको अस्पतालको बा.१.ज ५७४७ नम्बरको मिनिबस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए । अस्पतालबाट निस्केको केही समयमा नै बस दुर्घटनामा परेको थियो । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।

प्रतिक्रिया