मेसिन चलाएर कृषि मन्त्रीको असार १५

पालिका डायरी
१५ असार २०७९, १४:०४
मेसिन चलाएर कृषि मन्त्रीको असार १५

कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले मेशिनबाट धान रोप्नु भएको छ । आज राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा पुग्नुभएका उहाँले मेसिन चलाएर धान रोप्नु भएको हो ।

रोपाइँ महोत्सव कार्यक्रममा मन्त्रालय र अनुसन्धान केन्द्रका पदाधिकारीहरू पनि सहभागी भएका थिए । सो अवसरमा मन्त्री यादवले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

१५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आउनुभएका मन्त्री यादवले मेसिनबाट धान रोप्नुभएको हो ।

प्रतिक्रिया