जनताले माओवादीहरू एकै ठाउँमा बस भन्न थाले : प्रचण्ड

पालिका डायरी
१५ असार २०७९, १२:४३
प्रतिनिधि सभा विघटनपछि आत्महत्या गर्ने कि लड्ने भन्ने अवस्थामा पुगेकाे थिएँ : अध्यक्ष दाहाल file photo

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । विप्लव नेतृत्वको नेकपा छाडेर माओवादीमा समाहित भएका नेता कार्यकर्तालाई पेरिस डाँडामा स्वागत गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

क्रान्तिको खोजी गर्ने मोहन वैद्य र नेत्रविक्रम चन्दको नियतप्रति आफ्नो शङ्का नभएको तर चाहनाले मात्रै क्रान्ति नहुने प्रचण्डको भनाई छ । सबैले आ-आफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौँ भन्दै प्रचण्डले वैद्य, विप्लव लगायतलाई पुनर्विचार गर्न आग्रह गरे ।

‘अब जनता पनि आजित भए । अब तिमी माओवादीहरू एकै ठाउँमा बस भन्न थाले । कार्यकर्ताको भावना पनि आखिर चुनाव नै हो, प्रतिस्पर्धामै आउने हो भने प्रचण्डकै नेतृत्वमा किन नआउने भन्ने देखियो । क्रान्ति हुन्छ कि अरूबाट भन्ने भ्रम पनि तोडियो । त्यसैले विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबै जना आउनपर्छ । प्रचण्डकहाँ किन जाने भनेर लाज नमानौँ, माओवादी आन्दोलनको एकता मेरै नेतृत्वमा मात्र सम्भव छ ।’

माओवादी धारको पुनः एकीकरण आफ्नो नेतृत्वमा मात्र सम्भव रहेको दाबी गरे । उनले साना-साना पसल थापेर लडाइँ जित्न नसकिने भन्दै जनता र कार्यकर्ताले पनि माओवादीहरूलाई प्रचण्डको नेतृत्वको एकताबद्ध हुन निर्देशित गरेको बताए ।

प्रतिक्रिया