सुनको मूल्य तोलामा ६ सयले घट्यो
फाईल फोटो
काठमाडौं / सुनको मूल्य आज तोलामा ६ रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ६ रुपैयाँले घटेर तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुन तोलामा २ सयले बढेर प्रतितोला ९८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ।
मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
प्रतिक्रिया



