निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेसले भ्रामक प्रचार गर्योः बाँनिया

पालिका डायरी
२१ बैशाख २०७९, १३:०३
हेटौंडा १८ः निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेसले भ्रामक प्रचार गर्योः बाँनिया

हेटौंडा /  नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष उम्मेद्वार अनिल बाँनियाले मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताहरुले भ्रामक गलत प्रचार गरेको बताएका छन् ।

निर्वाचन आचारसंहिता विपरित हेटौंडा १८ को लालभित्ते,सुकौरा,घट्टे खोला क्षेत्रमा जस्तापाता वितरण गर्न लागेको आरोप लागेपछि वडा अध्यक्षका उम्मेद्वार बाँनियाले निर्वाचन नजिकिदै गर्दा कांग्रेसले पराजितको मानसिकताले गलत प्रचार गरेको बताए ।

हेटौंडा १८ का निवर्तमान वडा अध्यक्ष समेत रहेका बाँनियाले आफु वडा अध्यक्षमा रहँदा फागुनमा उपभोक्ता समिति मार्फत हेटौंडा १८ को सुकौराको टोलको स्थानीयहरुलाई जस्तापाता लागि बजेट छुट्टाएको बताए ।

‘कांग्रेसले अतिरंजित गरेर गलत प्रचार गर्यो,हामीले गत असारमै जस्तापाता दिने भनेर निर्णय गर्यौ,फागुनमा उपभोक्तासंग सम्झौता गरेका थियौ । जेठ सम्म सम्झौता अवधि रहेको थियो । बाँनियाले भने,समितिको अध्यक्ष र कोषाध्यक्षले जस्तापाता आज लैजानुभएछ । जस्ता समातेर एमालेले बाढ्यो भनेर भ्रम फैलाए । यो आरोप गलत हो,खेदजनक छ ।’

उनले आफु वडा अध्यक्ष रहँदा उक्त कार्यक्रमको लागि वडाले ५ लाख,उपमहानगरपालिकाले ३ लाख र २ लाख उपभोक्ता समितिले उठाएको बताउँदै एमालेको नाम जोडेर निर्वाचनको मुखमा गलत प्रचार गरेको बताए ।

उनले आफुले वडाको गाउँगाउँमा विकासका लहरहरु ल्याएको र काम गरेको बताउँदै बैशाख ३० गते हुने निर्वाचनमा पुनः निर्वाचित हुनेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया