हेटौंडामा श्रीमतिको कुटाईबाट सुनारको गयो ज्यान

हेटौंडा / श्रीमान श्रीमतिको घरयासी विवादमा झगडा हुँदा हेटौँडामा एकजनाको ज्यान गएको हो ।
मंगलबार साँझ हेटौँडा ३ जम्बोमा विवादकको क्रममा कुटपिट गरि धकेल्दा अचेत भएका ४३ वर्षका मित्रलाल सुनारको ज्यान गएको हो ।
घरयासी विवाद हुँदा श्रीमति ४१ वर्षीय अनिता विकले कुटपिट गरि धकेल्दा घाईते भएका सुनारको उपचारको लागि हेटौँडा अस्पताल ल्याईएकोमा उनको मृत्यु भएको हो ।
मृतककी श्रीमतिलाई भने प्रहरीले नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए ।
प्रतिक्रिया