एउटै मोर्चा बनाएर जाने विप्लवको प्रस्तावमा नारायणकाजी सकारात्मक

पालिका डायरी
१८ फाल्गुन २०७८
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीचको भेटवार्ता सकिएको छ । नेता श्रेष्ठलाई भेट्न महासचिव विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । भेटमा दुई नेताबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन गरेपछि माओवादीभित्र चुलिएको आन्तरिक विवाद र अवको गन्तव्यबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । सत्तामा रहेर मात्र केही उपलब्धि नहुने र क्रान्तिकारी कम्युनिष्‍टबीच धुव्रीकरण हुनुपर्ने धारणा राख्दै महासचिव विप्लवले राष्ट्रियताका पक्षमा लागेका साथीहरुबीच एउटै मोर्चा बनाएर जाने प्रस्ताव गरेका थिए । जसमा श्रेष्‍ठले सकारात्मक जवाफ दिएका छन् । एमसीसी अनुमोदनमा नेतृत्वले धोका दिएको भन्दै नेता श्रेष्ठले अब बस्ने पार्टी बैठकमा राष्ट्रियताको विषय उठाउने बताएका छन् । एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौैथो दिन भेटवार्ता भएको हो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीचको भेटवार्ता सकिएको छ ।

नेता श्रेष्ठलाई भेट्न महासचिव विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । भेटमा दुई नेताबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन गरेपछि माओवादीभित्र चुलिएको आन्तरिक विवाद र अवको गन्तव्यबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।

सत्तामा रहेर मात्र केही उपलब्धि नहुने र क्रान्तिकारी कम्युनिष्‍टबीच धुव्रीकरण हुनुपर्ने धारणा राख्दै महासचिव विप्लवले राष्ट्रियताका पक्षमा लागेका साथीहरुबीच एउटै मोर्चा बनाएर जाने प्रस्ताव गरेका थिए । जसमा श्रेष्‍ठले सकारात्मक जवाफ दिएका छन् । एमसीसी अनुमोदनमा नेतृत्वले धोका दिएको भन्दै नेता श्रेष्ठले अब बस्ने पार्टी बैठकमा राष्ट्रियताको विषय उठाउने बताएका छन् ।

एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौैथो दिन भेटवार्ता भएको हो ।

प्रतिक्रिया