ट्याटु खोपाउन आएका एक युवकको मृत्यु

पालिका डायरी
२९ पुष २०७८, ११:४३
काठमाडौंमा ‘लिभिङ टुगेदर’मा बस्ने युवक-युवती मृत फेला

भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नं. १ लोकन्थलीमा ट्याटु खोप्न पालो कुरेर बसेका एक युवकको मृत्यु भएको छ । मनहरा फाँटस्थित आँखा अस्पताल नजिक रहेको आरुष मल्लले संचालन गर्दै आएको आइएनके (INK) ट्याटुमा ट्याटु खोपाउन आएका विराज खड्काको मृत्यु भएको हो ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय खड्का ट्याटु खोपाउन बुधबार राति ९ः३० सम्म पालो कुरेर बसिरहेका थिए । पालो कुरेर बसिरहेको बेला अचानक बेहोसपछि उनलाई आफन्तको सहयोगमा उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगेको थियो ।

उपचारको क्रममा खड्काको राति १२:१५ मा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरको अनुसार घट्नास्थलमा थप अनुसन्धान भइरहेको छ ।a

प्रतिक्रिया