धादिङको रुबीभ्यालीमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता

पालिका डायरी
२९ पुष २०७८, १०:१८
धादिङको रुबीभ्यालीमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता फाइल फाेटाे

धादिङ। धादिङको रुबी भ्याली गाउँपालिकामा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो जाँदा उनीहरु बेपत्ता भएका हुन् ।

वेपत्ता हुनेहरुमा डोजरका चालक, सहचालक र उपभोक्ता समितिका एक जना रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले जानकारी दिनुभएको छ ।

घटनाको विस्तृत विवरण नआएको र उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको पनि एसपी सिंहले जानकारी दिनुभयो ।

सेर्तुङ प्रहरी चौकीबाट घटनास्थल चार घण्टाको पैदल दुरीमा पर्ने जनाइएको छ ।

प्रतिक्रिया